सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

काठमाडाैं | माघ १३, २०८१

सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

पोखरा:    नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन भने  कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् ।


यसैगरी  सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष),जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका  संयोजक रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  ।  


कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले बताए । 


अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।


आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए।


राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्